सार्वजनिक यातायातबाट १२ बालकको उद्धार

Leaderboard Banner

काठमाडौँ, काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक यातायातबाट चालकको सहयोगीका रुपमा कार्यरत १२ बालकको उद्धार गरिएको छ । श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकामा गरेको अभियानअन्र्तगत आज १६ वर्ष मुनिका १२ जना बालकको उद्धार गरिएको हो ।

बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार ती बालकको उद्धार गरिएको हो । उक्त ऐनअनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउनु हुँदैन । सार्वजनिक यातायात (बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन) का साधनमा बालश्रमरहित बनाउने अभियानको आज चौथो दिन स्वयम्भू चोकबाट १२ बालकको उद्धार गरिएको हो । श्रम कार्यालय बागमतीका कार्यालय प्रमुख उदयकुमार गुप्ताको नेतृत्वमा शुरु गरिएको सो अभियानमा आज १९१ गाडीको अनुगमन गरिएको थियो ।

प्रकाशित : आइतबार, बैशाख ०९, २०७५१९:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ग्यास बुलेट त्रिशूलीमा खस्यो, बुलेटको डिब्बा निकाल्ने प्रयास जारी!