सांसदको परिवारसहित आठ व्यक्तिको मृत्यु

Leaderboard Banner

काठमाडाै ।  जोर्डनमा शनिबार भएको एक सडक दुर्घटनमा यहाँका एक सांसद र उनका परिवार सहित आठ व्यक्तिको मृत्यु भएको छ ।

सांसद र उनका परिवारजन चढेको एक कार ट्रकसँग ठोक्किँदा सो घटना भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा परी सांसद अमाम्रेह ,श्रीमती, तीन छोराछोरी र श्रीमतीको भाई मारिएका छन । त्यसैगरी ट्रक चालक र उनको सहयोगीको पनि मृत्यु भएको बताइएको छ । जोर्डनको दक्षिण सहर मआनका सेनाका पूर्वकर्णेल र हालका साँसद अमाम्रेहको मृत्युको जोर्डन संसद्का सभामुखले पनि दुःख व्यक्त गरेका छन ।

जोर्डनमा सडक सुरक्षामा कमि भएकै कारण सन् २०१६ मा सडक दुर्घटनामा परी ७५० व्यक्तिको मृत्यु भएको थियो ।

प्रकाशित : आइतबार, बैशाख ०९, २०७५१७:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विमानस्थलबाट समातियाे दुर्इ किलाे सुन