आफन्तको घरबाट फर्किने क्रममा भिरबाट लडेर विकको मृत्यु

Leaderboard Banner
सांकेतिक तस्विर

रुकुम, रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–४ का ५० वर्षीय गोपालजङ्ग विकको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफन्तको घरबाट आफ्नो घर जाँदै गर्दा विकको आज लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

बाटोभन्दा करीब ३०० मिटर तल भिरमा शव फेला परेको उहाँले बताउनुभयो । विकको शव परीक्षणका लागि जिल्ला अस्पताल पश्चिममा पठाएको छ ।

प्रकाशित : शनिबार, बैशाख ०८, २०७५१८:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मध्यपुर थिमीका नगर प्रमूख श्रेष्ठमाथि आक्रमण!