नेकपा स्थापना दिवस ‘बैशाख ९’ मा एकता नहुने भएपछी एमाले-माओबादीले बनाए यस्तो प्लान

Leaderboard Banner

काठमाडौं । नेकपा (एमाले) र माओवादी केन्द्रले बैशाख ९ गए नेपाल कम्नियुष्ट पार्टीको स्थापना दिवस सँगै मनाउने निर्णय गरेका छन् ।

पार्टी एकता तत्काल नहुने जस्तो देखिएपछि बैशाख ९ गते संयुक्त कार्यक्रम गरेर दुई पार्टीले स्थापना दिवस मनाउन लागेका सोच बनाएका हुन् । यद्यपी, पार्टी एकता संयोजन समितिले दिएको सुझाव अनुसार नै विवादित विषय टुङ्गाएर तोकिएको मितिमै एकीकरण गर्न भन्दै अध्यक्षद्वय ओली र प्रचण्ड लगातार वान टू वान वार्तामा बसिरहेका छन्। पछिल्ला दिनहरुमा अध्यक्षद्वय ओली र प्रचण्डबीच हेरक दिन  वान टू वान वार्ता भैरहेको छ। आज पनि ओली र प्रचण्डबीच  वान टू वान वार्ता नै चलिरहेको छ।

तर, पार्टी एकता संयोजन समितिले तत्काललाई पार्टी एकात टरेको लाक्षणिक निष्कर्ष निकाल्दै सहित नेकपा स्थापना दिवसका दिन दुई पार्टीले संयुक्त रुपमा कार्यक्रम गर्ने भएका हुन्।  कार्यक्रममा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ताहरुलाई संयुक्तरुपमा सम्वोधन गर्ने छन्।

पार्टी एकता संयोजन समितिले स्थापना दिवसको कार्यक्रम राष्ट्रिय सभागृहमा दिनको १२ बजे कार्यक्रमको आयोजना गरेको छ। यस अघि दुई कार्यदलले संयोजन समितिलाई एकताको लागि बैशाख ९ गते पार्टी एकता गर्न सुझाव दिएका थिए।

प्रकाशित : शनिबार, बैशाख ०८, २०७५१३:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

देशमा कम्युनिष्टहरुको अधिनायकवाद शुरु हुन लाग्यो – काँग्रेस सभापति देउवा