घाँस काट्न गएकी आफ्सना मकैबारीमा हत्या भएको अवस्थामा फेला

Leaderboard Banner
सांकेतिक तस्विर

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा एक बालिकाको शुक्रबार हत्या भएको छ ।

सोही नगरपालिका मलदैया टोल बस्ने ताइफुर मियाँकी सात वर्षीया छोरी आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर उत्तरमा रहेको मकैबारीमा हत्या गरिएको अवस्थामा शुक्रबार साँझ फेला परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

घाँस काट्न हिँडेकी बालिका साँझसम्म नफर्केपछि आफन्तले खोजतलास गर्दा शव फेला परेको थियो । शव परीक्षणका लागि रंगेली अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ ।

प्रकाशित : शनिबार, बैशाख ०८, २०७५११:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेता नेपालले कापीकलमका लागि दिएको रकम चोरी