स्टाफ नर्सलाई कोठामै लागि जबरजस्ती करणी गर्न खोज्ने विद्यार्थी पक्राउ

Leaderboard Banner
प्रतिकारात्मक तस्विर

एजेन्सी । विराटनगरको नोबेल कलेजका एक जना विद्यार्थी स्टाफ नर्सलाई जबरजस्ती गर्न खोजेको आरोप पक्राउ परेका छन्।

प्रहरीका अनुसार विराटनगरको नोबेल मेडिकल कलेजमा एमबीबीएस पढ्ने  विद्यार्थी २६ वर्षीय मनिष मिश्रले एक निजि अस्पतालमा काम गर्ने स्टाफ नर्सलाई जबरजस्ती करणी गर्न खोजेका हुन् ।

सप्तरीको बलान बिहुल गाउँपालिका-४ घर भएका मिश्रले बिराटनगर -४ मा रहेको आफ्नो कोठामा लागि जवर्जस्ती गर्ने प्रयास गरेका थिए। मिश्रले जबर्जस्ती गर्न खोजेपछि नर्स भागेकी थिइन् । उनै नर्सले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले आरोपितलाई पक्राउ गरेको हो।

अहिले मिश्रलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा दर्ता गरेर छानबिन कार्य सुरु भएको छ  ।

प्रकाशित : शुक्रबार, बैशाख ०७, २०७५१७:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

‘एक क्षेत्र एक मार्ग’ मा चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय – मन्त्री ज्ञवाली