कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि पुनः बस्दै

Leaderboard Banner

काठमाडाै । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आजदेखि पुनः शुरु हुँदैछ । चैत १६ गते केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि स्थगित भएको बैठक आजबाट शुरु हुने लागेको हो ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन समीक्षाका लागि चैत ९ गतेदेखि जारी रहेकाे कांग्रेस केन्द्रीय समिति बैठक अाज सुरू भएकाे हाे । यसअघिकाे बैठकमा ४३ जना केन्द्रिय सदस्यले आफ्नो भनाई राखिसकेका छन् । बैठकमा सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पक्षधरका नेताहरु बिचमा एकअापसमा विवादास्पद टिप्पणी हुने गरेका छन । दुवै पक्षले आफ्नो पक्षको बचाउ तथा विरोधमा अभिब्यक्ति दिने गरेका पाइएकाे हाे । सभापति देउवाको कार्यशैलीका कारण पार्टीले चुनाव हारेको पौडेल पक्षको आरोप छ। हारको जिम्मेवारी सभापतिले मात्रै होइन सबै नेताले लिनुपर्ने देउवा निकटका नेताहरुले बताउँदै आएका छन्। सभापति देउवा विधान बमोजिम चल्न नसकेको नेताहरुले बताएका छन्।

प्रकाशित : शुक्रबार, बैशाख ०७, २०७५१२:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अहिले ओली र प्रचण्डबीच बाम गठबन्धन घोषणा गरिएकै घरमा ‘वान टू वान’ वार्ता चल्दै…