धावनमार्गबाट चिप्लिएको मलेसियाली जहाजको उद्धार, अब केही समयमै विमानस्थल खुल्ने

Leaderboard Banner

काठमाडाै  ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार राति उडानका क्रममा धावनमार्गबाट  चिपलिएर घाँसे मैदानमा पुगेको मलेसियाको मालिन्दो जहाजको उद्धार गरिएको छ ।  विमानस्थलको कोटेश्वर तर्फको रनवेभन्दा बाहिर पुगेर अड्किएको मालिन्दो एयर काठमाडौंबाट मलेसियाका लागि उड्न लाग्दा  बिहीबार राति १० बजे रनवे बाहिर गएर धस्सिएको थियो ।

विमानस्थल कार्यालयले बिहीबार रातिदेखि गरेको निरन्तर प्रयासबाट शुक्रबार बिहान सवा दश बजे जहाजलाई धावनमार्गमा तानिएको हो ।  विमानलाई पार्किङमा लगेपछि केहीबेरबाट अवरुद्ध भएका अन्तराष्ट्रिय उडान  र अवतरण सुचारु हुने विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक उडान भने केहीबेर अघिबाट सुचारु भइसेको छ । मलेशिया उड्न लागेको मालिन्दो एयरको उक्त जहाजमा १३९ यात्रु रहेको विमानस्थलले जनाएको छ।

रनवे अवरुद्ध भएका कारण हिजो राति काठमाडौँ अवतरण गर्नुपर्ने ओमान एयरको विमान कोलकाता, फ्लाइ दुबईको दिल्ली, चाइना सदर्नको कोलकाता र मलेसियन एयरको विमान ढाका डाइभर्ट गरिएको थियो।

प्रकाशित : शुक्रबार, बैशाख ०७, २०७५११:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पत्रकार महासंघमा तालाबन्दी