काठमाडाैबाट मुस्ताङ जाँदै गरेकाे बस दुर्घटना, सात जना घाइते

Leaderboard Banner

काठमाडाै । काठमाडाैबाट मुस्ताङ जाँदै गरेकाे बस पर्वतमा दुर्घटनाग्रस्त भएकाे छ । पर्वतको कुश्मा नगरपालिकामा आज बिहान भएकाे  दुर्घटनामा सातजना घाइते भएका छन् ।

तीर्थयात्री लिएर  मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो । घाइते सबैजनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने धेरैजसोको गर्धन र हातखुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ । बसका चालक निदाएका कारण बस दुर्घटना भएको अनुमान गरीएकाे छ ।

घाइते हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१० का ६५ वर्षीय लिलानाथ पुडासैनी, ६० वर्षीया माया पुडासैनी, काठमाडौं महानगरपालिका–१६ कि ३८ वर्षीया उर्मिला उप्रेती, ४३ वर्षीय अनन्त उप्रेती, ३६ वर्षीया विन्दा लोहनी, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ का २४ वर्षीय सुदर्शन कार्की र मुस्ताङको छुसाङ गाउँपालिका–४ कि१५ वर्षीया स्नेहा गुरुङ रहेका छन् ।

प्रकाशित : शुक्रबार, बैशाख ०७, २०७५११:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

वीरगञ्ज र प्यूठानका लागि हिडेका दुई बसलाई  ट्रकले ठक्कर दिँदा १३ घाईते