कसरि हुँदैछ बाम एकता?मिलनविन्दु खोज्दै ओली-प्रचण्ड!अझै हुन सकेन सहमति!!

Leaderboard Banner

काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि सहमतिको मिलनविन्दु पहिल्याउन थालेका छन् ।

मंगलबार एकता संयोजन समितिको बैठकले सहमतिका लागि दुवै अध्यक्षलाई जिम्मा दिएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच सहमति विन्दुको खोजी भएको छ ।बैठक फेरि बस्ने गरी छलफल सकिएको सचिवलायले जनाएको छ ।

केन्द्रीय समितिको अनुपात मिलानउने विषयमा कुरा मिल्न नसकेको बताइएको छ ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार निचोड नआएसम्म केही भन्ने अवस्था छैन । उनले भने, ‘सहमतिकै लागि नियमित वार्ता भएरहेका छ तर निचोड नआइ केही भन्ने अवस्था छैन।’

(यो खबर राजधानी दैनिकमा प्रकाशित छ ।)

प्रकाशित : शुक्रबार, बैशाख ०७, २०७५०७:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यी हुन् वर्षका उत्कृष्ट १० अभिनेता