विश्वकै कान्छा निर्देशक सौगातद्वारा निर्देशित हैरान फिल्मको ट्रेलर रिलिज (भिडियो)

Leaderboard Banner

काठमाडौँ । विश्वकै कान्छा चलचित्र निर्देशक सौगात विष्टले निर्देशन गरेको चलचित्र हैरानको ट्रेलर बिहिबार युटुब मार्फत रिलिज भएको छ। नृत्य निर्देशक गम्भीर विष्टको कथा रहेको चलचित्र हैरान मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त रुपमा निर्माण गरेका हुन्।

यस फिल्मका कार्यकारी निर्माता भने सम्झना पोखरेल रहेका छन् । चलचित्रमा पाका अभिनेता सरोज खनाल, गजित विष्ट, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मको गीतमा सत्य/स्वरुपराज आचार्यको शब्द संगीत रहेको छ। यो चलचित्र जेठ १४ देखि रिलिज हुँदैछ ।

विश्वकै कान्छा निर्देशक बिष्टले यस अघि नै चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरेर विश्वकै कान्छा निर्देशकको क्रितिमानी राख्दै गिनिज बुक अफ वर्ड रेकर्डमा आफ्नो नाम लेखाई सकेका छन्। उनी चलचित्रका कथा लेखक गम्भीर विष्टका भतिजा हुन् भने नायक गजित विष्टका छोरा हुन्।

भिडियो:

प्रकाशित : बिहिबार, बैशाख ०६, २०७५१६:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

के भारतमा फेरि नोटको अभाव भएको हो?