आमा गुमाएका बाँस्कोटाले दिए रु ३० लाखभन्दा बढी सहयोग

Leaderboard Banner

तेह्रथुम । आर्थिक अभावकाे समयमा उपचार गराउन नसक्दा बाल्यकालमै आमा गुमाएका फेदाप गाउँपालिका ओयाक्जुङका देव बाँस्कोटाले गरीब दुःखीको उपचारमा रु ३० लाखभन्दा बढी पैसा खर्च गर्नुभएको छ ।

आर्थिक उपार्जनकै लागि खाडी मुलुक इजरायलमा कार्यरत बाँस्कोटाले १० वर्षको अवधिमा यत्तिका धेरै रकम अरुलाई सहयोगमै खर्च गर्नुभएको छ । दशकअघि गाउँकै साहुसँग चर्को ब्याजदरमा ऋण खोजेर खाडीमुलुक कतार पुग्नुभएका बाँस्कोटाले पहिलो महिनाको कमाइबाटै दुःखी गरीबलाई सेवा गर्न थाल्नुभएको थियो । “दुईचार पैसा कमाएर कसरी दुःखी गरीबलाई सहयोग गर्न सकिन्छ भन्ने भावनाले पहिलेदेखि नै पोलिरहन्थ्यो,” हाल इजरायलमा रहेका बाँस्कोटाले टेलिफोनमा भन्नुभयो, “जति पैसा कमाए पनि अरुको सेवामै खर्च गरिरहेको छु ।”

पैसा अभावमा आमालाई बचाउन नसक्दाको पीडाले समाज सेवामा लाग्न प्रेरित गरेको उहाँले बताउनुभयो । दश वर्ष प्रवास बसाईमा रु ३० लाखभन्दा बढी प्रत्यक्ष आर्थिक सहयोग गरिसकेको बाँस्कोटाले बताउनुभयो । पारिवारिक अवस्था अत्यन्तै कमजोर रहेका बाँस्कोटाको विदेशयात्रा धन कमाउने सपना बोकेर १० वर्षअघि साउदी अरबबाट शुरु भएको थियो । उहाँको वैदेशिक रोजगारीको यात्रा अहिले इजरायल पुगेको छ । यो अवधिमा उहाँले समाजमा नाम र दाम दुवै कमाउनुभएको छ ।

गीतसंगीतको क्षेत्रमा समेत संघर्ष गरिरहनुभएका बाँस्कोटाले नेपालका जुनसुकै क्षेत्रमा रहेका भए पनि आपत्विपत्मा परेका नेपालीलाई प्रवासबाटै सहयोग गर्दै आएको बताउनुभयो । प्रवासमा दुःख गरेर जोहो गरेको पैसाबाट आफूले भौतिक पूर्वाधार निर्माण, पुरस्कार प्रायोजन र बिरामीको उपचारका लागि ठूलो खर्च गरेको उहाँले बताउनुभयो ।

प्रकाशित : बिहिबार, बैशाख ०६, २०७५११:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मुख्यमन्त्री पाेखरेल बने पाँच विद्यार्थीका अभिभावक