पूर्वरजिष्ट्रारको निधनको शोकमा आज त्रिभुवन विश्वविद्यालय बन्द

Leaderboard Banner

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पस आज बन्द हुने भएका छन् ।

त्रिविका पूर्वरजिष्ट्रार नीलकण्ठलाल श्रेष्ठको निधनको शोकमा त्रिविले आफ्ना सबै कार्यालय र आंगिक क्याम्पस बन्द गर्न लागेको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो ।

क्याम्पस बन्द भएपछि पठनपाठन समेत नहुने भएको छ । तर नियमित परीक्षा भने सञ्चालन हुनेछ । पूर्व रजिष्ट्रार श्रेष्ठको गत चैत ३० गते निधन भएको थियो । उहाँ २०५५ फागुन १८ देखि २०५९ फागुन १७ गतेसम्म त्रिविको रजिष्ट्रार पदमा कार्यरत हुनुहुन्थ्यो ।

प्रकाशित : बिहिबार, बैशाख ०६, २०७५११:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आमा गुमाएका बाँस्कोटाले दिए रु ३० लाखभन्दा बढी सहयोग