यातायात क्षेत्रको सिण्डिकेट अन्त्यको शुभारम्भ : गृहमन्त्री थापा

Leaderboard Banner

चितवन । बुधबार प्रेस सेन्टर चितवनले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्यको शुभारम्भ भएको बताएका छन् ।

गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर सिण्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको गृहमन्त्री थापाले बताए । यातायात सँगसँगै अन्य क्षेत्रमा सिण्डिकेट देखिएमा त्यसलाई रोक्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे । यातायात क्षेत्र कसैले ठप्प पार्न नसक्ने उनको दावी थियो।

पछिल्लो समय भक्तपुर र काभ्रेमा रहेको यातयात व्यवसायीको सिण्डिकेट अन्त्य गर्दै सरकारले साझा र मयुर बसलाई सुविधा युक्त बससेवा संचालन गर्न अनुमति दिएको छ ।

फरक प्रशंगमा उनले शतप्रतिशत साक्षरता अभियान सफल बनाउन आफूहरु पनि लागिपरेको उल्लेख गरे । विद्यालय बाहिर कोही बालबालिका नहोस् भन्ने सरकारको यो अभियान रहेको उनले बताए ।

प्रकाशित : बुधबार, बैशाख ०५, २०७५१२:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रचण्डले पार्टी एकताबारे सहमति भएको भनिएकै विषयमा चितवन पुगेर दिए यस्तो प्रतिक्रिया