सामुहिक बलात्कारमा परेकी आफ्नै छोरीको मुद्धा लुकाउन आमाबाबुले नै पैसा खाएपछि…

Leaderboard Banner

मुम्बई । पैसा देख्ने बित्तिकै महादेवका पनि तिन नेत्र खुल्छन् भन्ने भनाईलाई एक जना बाबुआमाले प्रमाणित गरेका छन्।  सामुहिक बलात्कारमा परेकी एक जना युवतीका आफ्नै आमाबुवाले उक्त मुद्धा लुकाउन बलात्कारीबाट पैसा खाएको तथ्य बाहिर आएको छ।

छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीमा अपहरणपछि सामूहिक बलात्कारको शिकार भएकी एक किशोरीले आफ्ना बाबुआमाले पीडकबाट पैसा लिएर आफूलाई बयान फेर्न दबाब दिएको आरोप लगाएकी छिन् ।

उनले भनेकी छन्, बाबुआमाले पीडकबाट मुद्धा लुकाउन ५ लाख भारतीय रुपयाँ लिएरको र प्रहरी चौकीमा ती युवतीलाई बयान फेर्न दवाब दिएर लागीएपछि घटना बाहिर आएको हो ।

बलात्कारीलाई छुटाउन घरपरिवारबाटै दाबाव आएको किशोरीको दाबीपछि दिल्ली प्रहरीले उनकी आमालाई पक्राउ गरेको छ। तर, पिडित युवतीका बाबु भने फरार रहेका छन्।  अहिलेउनको खोजीकार्य भइरहेको दिल्ली प्रहरीले जनाएको छ।

प्रकाशित : बुधबार, बैशाख ०५, २०७५११:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बाघ, भालु र हात्ती, गैडा जस्ता जंगली जनावरको आक्रमणबाट बच्न के गर्ने ? जानी राखौं