दूधखोलाले बगाएकी किशोरीको सकुशल उद्धार

Leaderboard Banner
फाईल फोटो

मनाङ । मनाङ प्रकाश ज्योति मावि कक्षा १० मा पढ्ने बिनीता गुरुङलाई स्कूल छुट्टी भएर घर फर्कने क्रममा दूधखोलाले बगाएको छ ।

खोलाले करिब सय मिटर बगाएपछि पुल निर्माण काम गर्दै गरेका कामदारले उनलाई उद्धार गरेका हुन् । उनलाई सामान्य प्राथमिक उपचारपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल बेंसीशहरमा पठाइएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१८:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चीनद्वारा दुई विमान नेपाललाई हस्तान्तरण