जब सचिनले मध्य रातमा कार रोकेर मजदूरहरुसँग सडकमै क्रिकेट खेल्न थाले, हेर्नुहोस् ( भिडियो )

Leaderboard Banner

एजेन्सी । क्रिकेटका भगवानको नामले चिनिने किर्केटर सचिन तन्दुलकरलाई क्रिकेट मैदानमा ब्याटिंग गरेको त सबैले देख्नु भएको छ।  तर, क्रिकेटका भगवानलाई सडकमा क्रिकेट खेल्दै गरेको सायदै कसैले देख्नु भएको होला।

सोमवार मुम्बईको एउटा सडकमा सचिन क्रिकेट खेल्दै गरेको दृश्य देखियो जहाँ उनले आफु सवार कार रोकेर सडक छेऊमा क्रिकेट खेलिरहेका मेट्रो रेल निर्माणकार्यमा काम गर्ने मजदुरहरुसँग क्रिकेट खेले।

भिडियोमा पनि तपाईले देख्न सक्नु हुन्छ।  सचिन कारबाट झरेर एक ओभर ब्याटिंग गर्छन र त्यहाँ खेलिरहेका मजदुरलाई केहि टिप्स समेत दिन भ्याउछ्न् उनी।

भिडियो:

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१७:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

साफ च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेश परे एउटै समूहमा