दक्षिण कोरियाका प्रसिद्ध कलाकार चोइको निधन

Leaderboard Banner

सोल, ४ बैशाख : दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको खबर छ ।

दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा सन् १९७८ मा उत्तर कोरियाले अपहरण गरेको थियो ।

उत्तर कोरियाका पूर्व नेता तथा राष्ट्रपति किम जोङ इलको आदेशमा उहाँलाई अपहरण गरिएको थियो ।

यसरी अपहरण गरी उहाँलाई बलजफ्ती रुपमा एक चलचित्रमा अभिनय पनि गर्न लगाइएको थियो ।

दशकौँसम्म दक्षिण कोरियामा प्रख्यात र लोकप्रीय रहेका कलाकार चोइलाई सन् १९७८ मा हङ्कङ्कमा रहेका बेला अपहरण गरिएको थियो ।

अपहरण गरेर उत्तर कोरिया पु¥याइएका कलाकार चोइले आठ दिनसम्म विरोधस्वरुप केही नखाई बस्नुभएको पनि जनाइएको थियो ।

चोइलाई उत्तर कोरियामा आठवर्षसम्म अपरहरण गरी राखिएको र किम जोङ इलको आदेशमा उहाँलाई १० वटाभन्दा बढी चलचित्रमा अभिनय गर्न लगाइएको थियो ।
–––

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१६:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चीनद्वारा दुई विमान नेपाललाई हस्तान्तरण