३३ किलाे सुन प्रकरणः छानबिनमा तानिए ‘बाजेकाे सेकुवा’का मालिक

Leaderboard Banner

काठमाडाै । त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिइएकाे ३३ किलाे सुन प्रकरण छानबिनमा चर्चित रेष्टुरेन्ट बाजेकाे सेकुवाका मालिक पनि तानिएका छन ।

सुन तस्करीमा लगानी गरेको भेटेपछि प्रहरीले संचालक चेतन भण्डारी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानबीनमा लिएकाे हाे  । प्रहरीका अनुसार बाजेको सेकुवाका रेष्टुरेन्ट संञ्चालक भण्डरीले तस्करीको सुन पसलहरुमा लगानी गरेका छन् । सुन तस्कर गोरेका भान्जा पर्ने भण्डारीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । करीब १७ करोड मुल्य बराबरको तस्करीको सुन विमानस्लबाटै हराएको थियो । विराटनगरमा भएको सानम शाक्य हत्यासँग समेत भण्डारीको संलग्नता देखिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार सो गिरोहका नाईके चुणामणि उप्रेती ‘गोरे’ उनै भण्डारीका आफन्त हुन् ।

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१५:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर