सलमान खानको निवेदनमा जोधपुर कोर्टले दियो मञ्जुरीनामा, अब यी ४ देशमा मात्र जान पाउने

Leaderboard Banner

काठमाडौँ । कालो हरिण शिकार मामिलामा सलमान खानलाई ५ वर्षको सजाय सुनाईएको थियो, जुन फैसला पछि उनलाई तुरुन्त गिरफ्तार गरी  जेल पठाईएको थियो । धरौटीमा रिहा भए पछि मुम्बई फर्किएका सलमान खान यी दिनहरुमा आफ्नो अधुरो परियोजनाहरु पूरा गर्न दिलोज्यानले लागेका छन् ।

चार देशमा यात्राको लागि जान पाउँ भनेर सलमान खानले दिएका निवेदनमा जोधपुरको जिल्ला तथा सत्र अदालतले मञ्जुरीनामा दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । सलमान खान २५ मे देखि १० जुलाईको बीचमा क्यानडा, नेपाल र अमेरिकामा यात्रामा जान पाउनेछन  ।

सलमान खानले केवल जमानत पाएका हुन्, उनले आरोपबाट मुक्ति पाएको भने होइन । ५२ वर्षीय अभिनेता सलमानले देश बाहिर यात्रा गर्नको लागि अदालतबाट इजाजत लिनु पर्ने हुन्छ । त्यसैले सलमानले अदालतमा निवेदन दिएका छन् ।

यस मामिलाको  अर्को सुनुवाई आगामी ७ मेमा हुनेछ । सलमान खान आगामी सुनुवाईमा अदालतमा अनिवार्य हाजिर  हुनुपर्नेछ ।

———

(एजेन्सी)

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१५:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

फेरी अर्को भिडियोमा आँखा झिम्काउदै भाइरल बनिन् प्रिया प्रकाश: हेर्नुस् भिडियो