सोमबारदेखि हराइरहेकी किशोरीको रहस्यमय मृत्यु, खेतमा मृतावस्थामा फेला

Leaderboard Banner

रुपन्देही, ४ वैशाख : रुपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा आज १५ वर्षीया एक किशोरी मृतावस्थामा फेला परेकी छन् ।

सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

“उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने आशङ्का छ तर विस्तृत विवरण शव परीक्षणपछि आउला”, उहाँले भन्नुभयो । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।
–––

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१५:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नवीनका ११ वर्षीय छोरा क्युटको हत्यारालाई ३१ वर्ष कैद