मगन्ते निषेधित क्षेत्रमा मगन्ते: नेपालको कानून दैवले जानून्

Leaderboard Banner

काठमाडौँ । नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ ।

विसं २०१८ चैत २९ गते राजा महेन्द्रबाट लालमोहर लागेको भिक्षा माग्ने (निषेध) ऐन पशुपतिनाथ मन्दिर परिसरबाट लागू भएको हो । भिक्षा माग्ने प्रथालाई निषेध गर्न बनेको ऐन २०१९ साल भदौ ११ गते नेपाल राजपत्रमा प्रकाशन भएको थियो । त्यसै वर्ष असोज १ गतेदेखि नेपालभर ऐन लागू गरिए पनि कार्यान्वयन हुन सकेको थिएन ।

पशुपति क्षेत्र विकास कोषले गत चैत २० गतेदेखि पशुपति क्षेत्र परिसरलाई मगन्तेरहित क्षेत्र घोषणा गरेपछि यो ऐन कार्यान्वयन शुरु भएको हो । तर, मगन्ते निषेधित क्षेत्र घोषणा गरिएको पशुपति क्षेत्रमै मंगलबार आँखामा कालो चश्मा लगाएर बसेका मगन्ते देखिए। त्यहाँ अन्य मानिसहरु पनि पहेंलो कपडामा माग्न बसेका मानिसहरु पनि देखिन्थे।

पशुपति क्षेत्रमा मागेर बस्ने सहयोगापेक्षीलाई मानव सेवा आश्रमले आश्रय दिएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१५:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सोमबारदेखि हराइरहेकी किशोरीको रहस्यमय मृत्यु, खेतमा मृतावस्थामा फेला