मानशिक तनावले हृदयाघात (हार्ट एट्याक) हुने

Leaderboard Banner

डा. ललितकुमार मिश्र, होमियोप्याथिक कन्सल्टेन्ट, आस्था होमिया क्लिनिक

मानसिक तनाव अहिलेको आम समस्या हो । कुनै न कुनै तनाव बोकेर मानिस बाँचिरहेको हुन्छ । फरक यत्ति हो, यसको मात्र कम या बढी हुन सक्छ । उसो त हरेक प्राणीमा मानसिक तनाव हुन्छ । जुन उमेर र रोगले त्यति धेरै अर्थ राख्दैन । यद्यपि, सबै मानिस तनावबाट मुक्त हुन चाहन्छन् । र, यसको बाटो खोजी नै रहेका हुन्छन् । यस्तो तनावको मात्रा बढ्दै गएमा मानिस बढी नै उदास हुन थाल्छ र डिप्रेसनको सिकार हुन सक्छ ।

लक्षण
लगातार दुःखको अनुभव हुनु ।
काम गर्ने वा केही सोच्ने जोस, जाँगर, ऊत्साहमा कमी आउनु ।
निद्रा नलाग्नु ।
मुटुले तीव्रगतिमा रगत पम्प गर्नु, श्वासप्रश्वासको गति बढ्नु ।
उच्च रक्तचापको समस्या हुनु ।
एलर्र्जीको समस्या भइरहनु, छालामा विभिन्न समस्या देखिनु ।
मांसपेशीहरू कडा हुनु र दुख्नु ।
भोक कम लाग्नु, खानामा रुचि नहुनु, अपचको समस्या हुनु ।
शरीरको तौल घट्दै जानुु, टाउको र आँखावरिपरिको भाग दुखिरहनु ।
पेट सफा नहुनु, ग्यास भरिनु, कब्जियतको समस्या देखिनु ।
अनावश्यक रिस उठ्नु, झिझ्जिरहनु ।
बढी रुनु, आत्महत्याको इच्छा हुनु वा यसको प्रयास गर्नु ।

कारण
मानिसलाई भौतिक तथा मानसिक कारणले तनाव
हुने गर्छ ।
चर्को प्रकाश र कोलाहलयुक्त ठाउँमा बसिरहँदा तनाव
हुन सक्छ ।
शब्याक्टेरिया तथा विभिन्न केमिकलको विषाक्त प्रभाव पर्नु ।
एक्स–रे तथा अन्य रेडियसन र औषधिहरूको दुष्प्रभाव हुनु ।
पुराना शारीरिक समस्या हुनु ।
सन्तुलित भोजनको कमी, त्रास, ईष्र्या, रिस आदि पनि तनावका कारण हुन सक्छन् ।

तनावको दुष्प्रभाव
मुटु सम्बन्धी विभिन्न समस्या देखिनु, हृदयाघात हुनु ।
फाइब्रो माइलेजिया अर्थात् मांसपेशी दुख्नु ।
शरीरको प्रतिरोधक क्षमतामा ह्रास आउनु ।
छालासम्बन्धी रोग देखा पर्नु ।
शरीरमा रगतको कमि हुनु ।
आखाँको दृष्टि कमजोर हुँदै जानु, चस्माको आवश्यकता खड्किरहनु ।

निषेध
कुनै प्रकारको तनाव भयो भने चिसोपानीले नुहाउनुपर्छ । यसो गर्दा हल्का अनुभूति हुन्छ ।
समय–समयमा नियमित कामबाट बिदा लिने, भुम्ने बानीको विकास गर्नुपर्छ ।
आफ्नो बाध्यात्मक दैनिक कामबाहेक सिर्जनात्मक क्रियाकलापमा भाग लिनुपर्छ ।
मर्निङ वाकमा निस्कने बानीको विकास गर्नुपर्छ । यस्तो गतिविधिले तनाव तथा निद्राको समस्यालाई कम गर्न भूमिका खेल्छ । मर्निङ वाक गर्दा तन र मन पनि स्वस्थ रहन्छ ।
त्यस्तै, योग अभ्यास, ध्यानजस्ता गतिविधि गर्दा पनि लाभदायक हुन्छ ।

नगर्ने
चिया, कफी, रक्सी, चुरोट, खैनी, गुट्खाजस्ता पदार्थको सेवनले तनाव बढाउने काम गर्छ । त्यसैले यस्ता पदार्थको सेवनलाई रोक्नुपर्छ ।
स–साना कुरालाई लिएर परिवार वा साथीहरूसँग झगडा गर्ने गतिविधि गर्नुहुँदैन ।
मनको भावना दबाएर राख्नुहुँदैन । यस्ता भावना व्यक्त गर्दा हल्का अनुभूति हुन्छ ।
बढी चिन्ता लिनुहुँदैन । सधैँ प्रसन्न रहने प्रयास गर्नुपर्छ ।
परिवारका सबै सदस्यहरू एकसाथ बसेर खाने गर्नुपर्छ । जसले आपसमा
सामञ्जस्य हुन्छ ।
होमियोप्याथिक चिकित्सा, स–होमियोप्याथिकमा यसका लागि कैयौँ प्रभावकारी औषधिहरू छन् । जसको प्रयोगले तपाईंलाई यस रोगबाट सजिलैसित छुटकारा दिलाउन सक्छ । यस रोगका लागि रोगीको मानसिक एवं शारीरिक लक्षणहरूका आधारमा प्रयोग गरिने केही औषधिहरू यसप्रकार छन् ।

होमियोप्याथी औषधि
कालिफोस थ्री– दिनमा तीनपटक सेवन गर्नुपर्छ ।
हाइपेरिकम क्यु– पानीसँग पाँच थोपा दिनको तीनपटक पानीसँग लिने । यो औषधिले तनाव
कम गर्छ ।
काभा काभा–क्युस– १० थोपा दिनको तीनपटक लिँदा तनाव कम हुनुका साथै निद्राको समस्या पनि समाधान गर्छ । तर, गर्भवती, सुत्केरी महिलाका साथै पार्किन्सन रोगीले यस्तो औषधि सेवन गर्नुहुँदैन ।
लेभेन्डर आयलस– रुमालमा केही थोपा रुमालमा राखेर सुँघ्ने ।
औसिमम सानटेक्टम–क्युस– दिनको दुईपटक १०–१० थोपा सेवन गर्ने । योग्य तथा अनुभवी चिकित्सकको सल्लाहमा मात्र यस्ता औषधिको प्रयोग गर्नुपर्छ ।

टिप्स
तनावको अवस्थामा कार्र्टजोन र एड्रिलिनजस्ता हर्मोन बढी सक्रिय हुन्छन् । जसले तनाव व्यवस्थित गर्ने काम गर्छन् । जसकारण स्वास्थ्यमा हानि पुग्छ । यस्तो अवस्थामा तत्काल तनाव कम गर्ने उपायमा ध्यान दिन आवश्यक हुन्छ । – नयाँ पत्रिकाबाट

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१४:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

जुम्ल्याहा बच्चा जन्मनुका खास यी हुन् मुख्य कारणहरु…