फेरी सल्बलायाे गाँजा तस्करीः१ सय केजी गाँजा सहित दुर्इ जना पक्राउ

Leaderboard Banner

काठमाडाै । पछिल्लाे समयमा प्रहरीले गाँजा तस्करीलार्इ विशेष महत्वका साथ निगरानी दिन थालेपछि सेलाएकाे गाँजा तस्करी फेरी सल्बलाएकाे छ ।

साेमबार चितवनबाट प्रहरीले गाेठमा लुकाएर राखेकाे करीब १ सय किलाे गाँजा नियन्त्रणमा लिएकाे छ । प्रहरीले राप्ती नगरपालिका–११ चयथली बस्ने ५० वर्षीया ठुलीमायाँ तामाङ र २३ वर्षीय तिलक तामाङलाई लागूऔषध गाँजा संगै पक्राउ गरेकाे छ । प्रहरीका अनुसार ठुलीमायाँको गोठमा गाँजा लुकाईछिपाई राखेको सूचनाको आधारमा गोठ खानतलासी गर्दा उक्त गाँजा बरामद भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यस्तै साेमबार बिहान मात्रै काठमाडाै अपराध महाशाखाकाे प्रहरीले काठमाडाैबाट इन्धन बाेक्ने ट्यांकरमा लुकाएर ल्याउदै गरेकाे १६० किलाे गाँजा नियन्त्रणमा लिएकाे थियाे ।

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१३:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

निकै शंकास्पद अवस्थामा मृत फेला परिन् सिमा