चौरजहारी नपाका मेयर सवार जिप दुर्घटनाग्रस्त

Leaderboard Banner

काठमाडौँ । पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका मेयर चडेको  गाडी दुर्घटनामा परेको छ। नगरपालिकाका मेयर विशाल शर्मा सवार भे १ ज २४३ नम्बरको जिप सोहि नगरपालिकाको वडा नम्बर ४ मेलैनाउली भन्ने स्थानमा आज बिहान दुर्घटनामा परेको हो।

दुर्घटनामा परि चौरजहारी नगरपालिकाका मेयर शर्मासहित ७ जना घाइते भएका छन् । चौरजहारी नगरपालिका-५ को आबी लहरे सिमलमा रहेको विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरणका हिंडेका मेयरसहितको टोली चौरजहारी–४, मेलैनाउलीमा ब्रेकफेल भएर मंगलबार बिहान जीप दुर्घटनामा परेको  थियो ।

दुर्घटनामामा परी घाईते हुनेमा नगरपालिकाका मेयर विशाल शर्मासहित लोकेन्द्र परियार, पार्वती न्यौपाने, तेजबहादुर बटाला र भरत शर्मा रहेका छन् । अन्य दुई जनाको नाम खुलेको छैन । घाइतेहरुको चौरजहारी अस्पत्तालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१३:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सासंदलाई मुद्दा लागेमा स्वतः निलम्बन हुने व्यवस्था गरिँदै