एमाले- माओबादी एकता संयोजन बैठकले गर्यो यस्तो बोल्ड निर्णय: अब कहिले हुँदै छ पार्टी एकता ?

Leaderboard Banner

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को आजको बैठकमा पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी रहेका विषयमा अन्तिम टुङ्गो लगाउन दुवै पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

मगलबार पार्टी एकताको विषयलाई अन्तिम टुंगोमा पुर्याउन  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो जिम्मेवारी दिएको हो ।उक्त बैठकमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको सहभगिता रहेको थियो। केहीबेर अगाडि सम्पन्न  बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको पनि सहभागिता रहेको छ ।

बैठकले  सकेसम्म यहि वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवशका दिन  पत्री एकता गर्नु पर्नेमा जोड दिएको छ।  समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्  ।

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१३:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एमाले माअाेवादी बैठकः बैशाख ९ गते पार्टी एकता नहुने