इमाडोलमा बस दुर्घटना हुदाँ १६ जना घाइते

Leaderboard Banner

काठमाडाै । ललितपुरकाे इमाडाेलमा बस अनियन्त्रित भर्इ दुर्घटना हुदाँ चालक सहित १६ जना घाइते भएका छन । लुभुबाट लगनखेल जाँदै गरेकाे  बा२ख ८६४ नम्बरको सार्वजनिक बस दुर्घटनामा परेकाे हाे ।

प्रहरी परिसर ललितपुरका  अनुसार बसका चालकको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उपचार किष्ट अस्पतालमा भइरहेको छ।घाइते मध्ये ९ जना सख्त घाइते भएका छन भने ३ जनाको शल्यक्रिया भइसकेको छ। अस्पतालले बताएअनुसार अधिकांस घाइते यात्रुका हाड जोर्नी भाँचिएका छन्।’
घाइते मध्ये तीन जना डिस्चार्ज भइसकेका छन ।
प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१२:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

डुमामा अन्तर्राष्ट्रिय अनुगमनकर्तालाई पहूँच दिइने