म चाहन्छु कि मेरो छोरा कुनै हालतमा पनि म जस्तो नबनोस् : सञ्जय दत्त

Leaderboard Banner

काठमाडौँ । भारतीय अभिनेता तथा चलचित्र निर्माता सञ्जय दत्त आफ्नो छोरा आफू जस्तै नबनोस् भन्ने चाहन्छन ।  सुनील दत्त र नरगिसको पुत्र सञ्जय दत्तले लागू औषध दुर्व्यसनीबाट छुटकारा पाउनको लागि एक लामो लडाई लडेका थिए । उनी अवैध हातहतियार घरमा राखेको आरोपमा जेल पनि गए । एक अन्तर्वार्ताको क्रममा सञ्जय दत्तले आफूलाई आफ्नो पितासँग तुलना गर्दै भने कि मेरो पिताले मलाई अन्य सामान्य बच्चाहरु जस्तै पालनपोषण गर्नुभयो । मलाई बोर्डिंग स्कूलमा पठाउनुभयो । म पनि मेरो बच्चाहरुसँग यसरी नै पेश हुनेछु ।

म उनीहरुलाई जीवनको मूल्य सिकाउने कोसिस गर्नेछु, उनीहरुलाई संस्कार सिकाउनेछु र आफू भन्दा ठुलोलाई इज्जत गर्न पनि सिकाउनेछु, चाहे त्यो नोकर नै किन नहोस्, उनले भने । म भगवानसँग प्रार्थना गर्छु कि मेरो छोरा म जस्तो कुनै पनि हालत नबनोस् । म चाहदिन कि मेरो पिता जुन दर्दबाट गुज्रनुभयो म पनि त्यहींबाट गुज्रनु परोस ।

सुनील र सञ्जय दत्तले एक साथ मुन्ना भाई एमबीबीएसमा काम गरेका थिए । सञ्जयले आफ्नो आमाको बारेमा बताए कि उनले आफ्नो छोरामा कुनै पनि दुष्टता देखेनन्,  हरेक आमा यस्तै हुन्छन आफ्नो बच्चामा कुनै नराम्रो देख्दैनन् । हाल सञ्जय दत्त आफ्नो आगामी फिल्म भूमिको प्रमोशनमा व्यस्त छन् । सञ्जय दत्त र अदिति राव हैदरीको फिल्म ‘भूमि’ बाबु-छोरीको सम्बन्धमा आधारित छ । यो फिल्म आगामी सेप्टेम्बरमा प्रदर्शनमा आउनेछ ।

(एजेन्सी)

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१२:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यी ५ अभिनेत्री जो आफ्नो आमाको हुबहु कपी छन्