कपिलको अवस्था निकै नाजुक, हातमा लेखे पूर्व प्रेमिकाको नाम!

Leaderboard Banner

एजेन्सी, भारतीय चर्चित कमेडियन  कपिल शर्मा  स्वास्थ्य स्थिति केहि वर्ष अगाडी  देखि ठिक नभएको  समाचार बाहिरिएको थियो । उनि अहिले डिप्रेशनसंग लड्दै छन् ।  हालै उनको बारेमा नयाँ खुलासा भएको छ।  कपिल शर्माका  नजिकैको  साथी अली असगरले उनको बारेमा केहि कुरा खुलासा गरेका छन्। अलिको अनुसार कपिल यस्तो अवस्थामा थिए जुन देख्दा उनले  विश्वास नै गर्न सकेका थिएनन् ।

जब अलिले कपिललाई भेट्न उनको अफिसमै पुगे त्यतीबेला कपिलको अवस्था बिल्कुल बच्चा जस्तो थियो। साथै  कपिल आफ्नो हातमा पुर्व प्रेमिका प्रीति सिमोसको नाम लेखेर अफिसको एउटा कुना बसेका थिए। अलिले यस कुराको खुलासा एक अन्तरवार्तामा गरेका हुन्। अलि असगर कपिलको पुरानो र मिल्ने  साथी हुन्।

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१०:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

छोरा हर्षवर्धनसँग यस फिल्ममा देखिने भए अनिल कपूर