रेल ल्याउने फाइल कसले पार्यो बेपत्ता ?

Leaderboard Banner

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको समृद्ध नेपालका सपना छिमेकीसँग नेपालको रेलमार्ग जोड्नु हो । त्यसैले चुनावी घोषणापत्रमासमेत ओलीले केरुङ-काठमाडौं, काठमाडौं-पोखरा-लुम्बिनीको कुरा उल्लेख गरेका छन् ।

तर, दुर्भाग्य उक्त मार्ग निर्माणको लागि चिनियाँ टोली विगत तीन महिनादेखि नेपाल सरकारको एउटा पत्रको प्रतिक्षामा छ । तर, नेपालले उक्त पत्र पठाउने फाइल नै बेपत्ता भएपछि नेपाल र चीन दुवैतिर अन्योलता छ ।

२०७४ कार्तिकको तेस्रो साता चिनियाँ रेलवे प्रशासनका उपमन्त्री चेङच चियन नेतृत्वको २३ सदस्यीय टोलीले केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग निर्माणवारे सम्भाव्यता अध्ययन ठाँउको प्रतिवेदन दिएर फर्किएपछि नेपालले कागजी प्रक्रियासमेत अघि बढाउन नसक्दा तीन महिनाभन्दा लामो समयदेखि उक्त रेलमार्ग अलपत्र अबस्थामा छ ।

यस्तो अवस्थामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको चीन भ्रमण भएको छ । चिनियाँ पक्षले रेलमार्गको विषयमा प्रश्न गरे परराष्ट्रमन्त्री ज्ञवालीले के जवाफ देलान ?

(यो खबर आजको दृष्टि साप्ताहिकमा प्रकाशित छ ।)

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१०:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ठूलो धार्मिक र तान्त्रिक महत्व बोकेको ‘श्रीयन्त्र’ सर्वोच्च अदालतबाट झिकियो