प्रेस चौतारी पर्वतमा गिरी

Leaderboard Banner

फलेवास, पर्वत, प्रेस चौतारी पर्वतको पाँचौँ अधिवेशन सोमबार कुश्मामा सम्पन्न भएको छ ।

अधिवेशनले गणेश गिरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण अखेली, सचिवमा सुवास लामिछाने, सह–सचिवमा नवराज गिरी र कोषाध्यक्षमा शान्ति सुवेदी रहनुभएको छ ।

त्यसैगरी, सदस्यमा राजन पौडेल, राजेन्द्र भुसाल, डिलबहादुर विक, विकासराज पौडेल, दीपेश विश्वकर्मा, सोनु राना, रमेश पौडेल, लकास सुवेदी र गणेश पौडेल रहनुभएको छ । दुई सदस्य पछि मनोनीत गरिने भएको छ ।

यसअघि आयोजित कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ४ का संयोजक गणेश पाण्डेले मोफसलमा पत्रकारिताको गुणात्मक भन्दा पनि संख्यात्मक रुपमा विकास हुँदै गएको बताउँदै यसतर्फ ध्यान दिने बेला आएको बताउनुभयो ।

दुई पत्रकार पुरस्कृत

यसैबीच, मोफसलमा रहेर लामो समयदेखि सक्रियरुपमा पत्रकारिता गर्दै आएका दुई पत्रकार पुरस्कृत भएका छन् ।

प्रेस चौतारी नेपाल, पर्वत शाखाले स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका पर्वत संवाददाता गणेश पौडेल र स्थानीय पञ्चासे एफएफका प्रमुख गणेश पौडेल पिपलटारी पुरस्कृत हुनुभएको हो । उहाँहरुलाई नगद रु ११ हजार १११ नगदसहित सम्मानपत्रले सम्मान गरिएको हो ।

पत्रकारितामार्फत समग्र जिल्लाको विकासमा पु¥याएको योगदानको कदर गर्दै पौडेलद्वयलाई पुरस्कारसहित सम्मान गरिएको अध्यक्ष लक्ष्मण सापकोटाले जानकारी दिनुभयो ।

उहाँहरुलाई प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे र जिल्ला अध्यक्ष लक्ष्मण सापकोटाले खादा, सम्मानपत्र र नगद प्रदान गर्नुभएको थियो । प्रेस चौतारी पर्वतले स्थापना गरेको अक्षयकोषवाट हरेक वर्ष एकजना पत्रकारलाई सिर्जनशील पत्रकारिता पुरस्कार वितरण गर्दैआएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५०९:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

५५ बर्षपछि लागू भयो भिक्षा निषेध कानून