कर्मचारीलाई घरपायक सुविधा दिने सरकारले नयाँ मापदण्ड

Leaderboard Banner

सरकारी कार्यालयमा सेवा लिन जाँदा कर्मचारी बिदामा भन्ने जवाफ पाउनुभएको छ ? कर्मचारी भेटिए पनि तपाईंको काम भएको छ ? अब कर्मचारीलाई यस्टा छुट र सेवाग्राहीलाई सास्ती हुनेछैन ।

सरकारले नयाँ मापदण्डमा दुईवटै समस्याको समाधान गरेको छ ।

सेवा चुस्त बनाउन कर्मचारीलाई घरपायक सुविधा दिनेगरी सरकारले नयाँ मापदण्ड बनाएको छ । त्यसका लागि कर्मचारीलाई घरपायक र रोजेको स्थानीय तहमा जाने अवसरसहितको मापदण्ड तयार भएको समाचारमा उल्लेख छ ।

सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड २०७४ जारी गर्दै कर्मचारीलाई रोजेको र घरपायक सुविधासहित स्थानीय तहमा खटाउन लागेको छ ।

(आजको राजधानी दैनिकमा यो खबर छ)

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५०८:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारु नेपालकै कारण साटिएन