पौडी खेल्नेक्रममा डुबेर श्रेष्ठको मृत्यु!!!

Leaderboard Banner
सांकेतिक तस्विर

पाल्पा, तिनाउ खोलामा पौडी खेल्नेक्रममा सोमबार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१, पटुवाथुमका १८ वर्षीय सुशील श्रेष्ठ रहेका छन् । तिनाउ गाउँपालिका–३, डेडबक्स नजिकै खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी तथा डिएसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।

पाल्पाको रानीमहल नजिकै पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव भने अझै फेला परेको छैन । रिब्दीकोट गाउँपालिका–३, हार्थोकका १८ वर्षीय संगम कार्की अझै कालीगण्डकी नदीमा बेपत्ता छन् ।

उनीसँगै नयाँ वर्षका दिन हराएका युवक आयुष खनालको शव आइतबार रानीमहल नजिकै कालीगण्डकी नदीमा फेला परेको थियो ।

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५०८:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मादक पदार्थ सेवन गरेका तामाङको भिरबाट लडेर एकको मृत्यु!!