रेडपान्डाको पनि जन्मोत्सव ! सांसदले काटे केक

Leaderboard Banner

दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षणका लागि रसुवामा जन्मोत्सव मनाईएको छ । केक काटेर नौलो तरिकाले रेडपान्डाको जन्मदिन मनाइएको हो ।

वन्यजन्तु संरक्षणमा समेत सहयोग पुग्ने देखेपछि २०७२ सालदेखि रेडपान्डाको जन्मोत्सव मनाउने गरिएको हो । २३ औँ वज्यजन्तु सप्ताहको अवसरमा सञ्चालित नवौँ जिल्लास्तरीय रेडपान्डा ट्रफी भलिबल प्रतियोगिताका अवसरमा रसुवाका प्रदेश ख का सांसद प्रभात लामाले के काटेर खेल उद्घाटन गरे ।

रसुवा सदरमुकामा धुन्चेमा नवौँ रेडपान्डा ट्रफी भलिवल प्रतियोगता र छैठौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव सञ्चालन गरिएको छ ।

(यो खबर आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।)

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५०६:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एमाले-माओवादी : मुद्दा फेरि संयोजन समितिमा