पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर सुशीलको मृत्यु

Leaderboard Banner

काठमाडौँ । रुपन्देही जिल्लाको तिनाउ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धिखर्क-१ का १८ वर्षे सुशील श्रेष्ठ खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।

उनी सिद्धबाबा हेडबक्स नजिकै खोलामा पौडी खेल्न गएका थिए । खोलामा पौडी खेल्ने क्रममा डुबेका श्रेष्ठको शव प्रहरीले खोलाबाट निकालेको छ ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१८:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आज मातातीर्थ औँसी: यस्ता छन् आमाप्रति अझ बढी श्रद्धाभाव प्रकट गराउने उखान टुक्काहरु