लुक्लामा दुर्घटना हुनबाट यसरी बालबाल बच्यो समिट एयरको जहाज

Leaderboard Banner

काठमाडौँ । सोमबार लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटना हुनबाट बालबाल बचेको छ। लुक्ला विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजमा समस्या देखिएको हो।

लुक्ला विमानस्थलले जनाएको अनुसार अवतरण गर्दा एक्कासी टायर लग भएको जस्तो देखिएको र जहाज रन वेमा नै अड्किएको थियो। विमानस्थलका एक कर्मचारीका अनुसार जहाजको पछाडिको पांग्रा जाम भए जस्तो देखिएपछि जहाजको अगाडिको भाग उठ्न खोजेको थियो।

यो समस्या विमानमा ओभरलोड भएका कारण विमान सन्तुलन गुमाएर भएको पनि हुन सक्ने विमानस्थलले जनाएको छ । विमानमा धेरै यात्रुहरु हुनुका साथै धेरै सामान बोकेका करणले यस्तो भएको हुन सक्ने अनुमान विमानस्थलले गरेको छ। यद्यपि, यतिखेर यो के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको बिमानस्थल प्रशासनले जानेको छ।

रनवेमा जहाजमा समस्या देखिएपछि पाइलटले केहीबेरमा जहाज बल्लतल्ल पार्किङस्थलमा पुर्याएका थिए ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१७:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सिरियामा नौ जना टर्कीस् सैनिक मारिए