फेसन ब्राण्ड ‘क्याप्सुल ९’ र ‘दी भ्वाइस अफ नेपाल’ विच यस्तो सम्झौता

Leaderboard Banner

काठमाडौं । आगामी २०७५ को श्रावण बाट शुरु हुन लागेको गायन रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’मा फेसन ब्राण्ड ‘क्याप्सुल ९’ले सहकार्यको सम्झौता गरेको छ । ‘दी भ्वाइस अफ नेपाल’ आयोजक संस्था एएनसी र क्याप्सुल ९ बीच सोमबार राजधानीमा एक पत्रकार सम्मेलन गरि सहकार्यको सम्झौता गरेको हो । क्याप्सुल ९ का तर्फबाट अध्यक्ष दीपकचन्द्र शर्मा र एएनसीका अध्यक्ष प्रल्हादसिंह महतले सम्झौता पत्र आदाप्रदान गरि हस्ताक्षर गरेका थिए ।

सम्झौता कार्यक्रममा ‘दी भ्वाइस अफ नेपाल’ र क्याप्सुल ९ को लोगो अंकित टिसर्ट समेत सार्वजनिक गरिएको थियो । क्याप्सुल ९ का प्रबन्ध निर्देशक विनोद ढकालले सम्झौता पछि ‘दी भ्वाइस अफ नेपाल’ अंकित हरेक टिसर्टमा क्याप्सुल ९ को पनि लोगो रहने बताएका छन् । ‘हाम्रो देशभर ७० वटा डिलर छन् ।

ती डिलरमार्फत दर्शकले शोको टिसर्ट खरिद गर्न सक्नुहुनेछ,’उनले जानकारि समेत दिएका छन्,‘अन्तर्रा्ष्ट्रिय रुपमा ख्यातीप्राप्त गायन रियालिटी शोको नेपाल फ्रेञ्चाइजीसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो । अब हामी चाँडै नै अन्तर्रा्ष्ट्रिय बजारमा पनि आफ्नो उत्पादनलाई पु¥याउने अभियानमा छौं । उनका अनुसार शो आयोजकले शो भइरहेको स्थानमा एक स्टिल उपलब्ध गराई टिसर्ट विक्री पनि गरिने बताएका छन् ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१६:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यी डिजाइनरले मोडललाई पाइन्ट खोल्न समस्या भए मोडलिङ हैन मन्दिर जानुस भनेपछि…