आफ्नो ज्यान हत्केलामा राखी यसरी बचाएका थिए अक्षय कुमारले ऐश्वर्या रायलाई

Leaderboard Banner

काठमाडौँ । अक्षय कुमार खुल्ला मन भएका अत्यन्तै स्पष्टवादी व्यक्ति हुन् र उनीसँग हरेक मुश्किललाई सजिलै निपट्न सक्ने खुबी रहेको छ । खेलाडी अक्षय कुमार पर्दामा प्रशस्तै खतरनाक स्टन्टहरु देखाउने गर्छन र उनको यो एक्सन अन्दाज दर्शकहरुले पनि खुबै मन पराउदैं आएका छन् । तर धेरै कम मानिसहरुलाई यो कुरा थाहा होला कि अक्षयले आफ्नो सहकर्मी अभिनेत्री ऐश्वर्या राय बच्चनको ज्यान बचाउँनको लागि आफ्नै ज्यान जोखिममा डालेका थिए । ऐश्वर्याले स्वयमले यो कुरा एक अन्तर्वार्ताको क्रममा खुलासा गरेकी थिईन ।

राजकुमार सन्तोषीको फिल्म ‘खाकी’ को सेटमा भएको थियो यो घटना

अक्षय कुमारले भारतीय चलचित्र निर्देशक राजकुमार सन्तोषीको फिल्म ‘खाकी’ को शुटिंगको समयमा आफ्नो यस्तो असाधारण अन्दाज देखाएका थिए । वास्तवमा, खाकीको शुटिंगको क्रममा अक्षयले आफ्नो ज्यान हत्केलामा राखी ऐश्वर्या रायको ज्यान बचाएका थिए ।

यसरी भएको थियो दुर्घटना

यो घटना भारतको महाराष्ट्र प्रान्तको नासिक जिल्ला स्थित त्र्यम्बकेश्वर मन्दिर नजिक भएको थियो, जुन समय राजकुमार सन्तोषीको फिल्मको कास्टको साथै फिल्म शुटिंग चलिरहेको थियो । एक सिनमा ऐश्वर्या राय जीपमा अभिनेता तुषार कपूरको नजिक आएर रोक्नु पर्ने थियो । तर जब ड्राइभरले गाडीको वेग बढायो तब गाडीको सन्तुलन बिग्रियो र जीप तीव्र गतिमा ऐश्वर्या तिर बढ्न लाग्यो । यस्तो देखे पछि नजिक उभिएर बसेका अक्षय कुमार ऐश्वर्या तर्फ लागे तर तब सम्म अक्षय भन्दा अघि नै जीपले ऐश्वर्यालाई ठक्कर दिइहाल्यो ।  त्यस पछि अक्षय कुमारले ऐश्वर्या रायलाई तुरुन्तै अस्पताल पुर्याए ।

ऐश्वर्याले भनिन् धन्यवाद

यस दुर्घटना पछि ऐश्वर्या रायलाई डाक्टरले आराम गर्न सल्लाह दिए । त्यस पछि धेरै दिन पछि शुटिंगमा फर्किन । सेटमा फर्किने बित्तिकै उनले अक्षय कुमारलाई उनले बचाएकोमा धन्यवाद दिईन ।

हरेक ठाउँमा अक्षयको प्रशंसा

ऐश्वर्या यस पछि यति धेरै खुसी भईन कि उनले फिल्मसँग सम्बन्धित हरेक समारोहमा अक्षय कुमारको कामको प्रशंसा गर्दै उनलाई धन्यवाद पनि दिईन । जसको कारण उनीहरु बीच अहिले पनि गहिरो सम्बन्ध रहेको छ ।

(एजेन्सी)

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५२०:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कपिलको अवस्था निकै नाजुक, हातमा लेखे पूर्व प्रेमिकाको नाम!