मातातीर्थ औँसी विशेष: कुन कलाकारले कसरी सम्झीए आफ्नी आमालाई ?

Leaderboard Banner

डिवी प्रहार

काठमाडौँ । आज वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औँसी हो। आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिनका रुपमा हिन्दूले आजको दिन दिवसका रुपमा मनाउने गर्दछन् ।

आजको दिन हरेक छोरा छोरीको लागि विशेष दिन रहन्छ, किनकी आमाकै कोखबाट जन्म लिएर यो संसारमा पाईला टेकेका सन्तानले आफ्ना जीवित या दिवंगत माताको स्मरणमा गर्ने पर्व हो, आज। तपाईले पनि आफ्ना आमाहरुलाई स्मरण गर्दै आज माता तिर्थ औंसी मनाउनु भयो होला, सायद।

यसैबीच आज हामीले केही चर्चित सेलिब्रेटीहरुले कसरी मातातीर्थ औंसी मनाए र आफ्ना ममतामयी आमाहरुलाई कसरी स्मरण गरे भन्ने विषयमा एउटा समाचार तयार पारेका छौँ।

कुन सेलिब्रेटी कसरी मनाए मातातीर्थ औँसी

१. राजेश हमाल:
महानायक राजेश हमालले आज आफ्नी ममतामयी स्वर्गीय आमालाई स्मरण गर्दै समाजिक सञ्जाल केहि तस्विरहरु पोस्ट गर्दै लेखे,  ‘मदर फर एभर’ । उनले आफ्नी आमाका २ वटा तस्विर र एउटा वुबा र आमा भएको तस्विर फेसबुकमा अपलोड गर्दै आफ्नी जन्मदाता आमालाई मनैबाट सम्झीए।

 

२. अनमोल केसी

युवा स्टार नायक अनमोल केसीले पनि सामाजिक सञ्जालमा आफ्नो सानोबेलाको तस्विर जहाँ आमा सुस्मिता बोम्जनले मायाले उनलाई खेलाईरहेको तस्विर पोस्ट गर्दै उक्त तस्विरमा क्याप्सन लेखेका छन्, ह्यापी मदरर्स डे टु माई वान एण्ड वन्ली’। उनले पनि आफ्नी आमालाई सामाजिक संजाल फेसबुकमार्फत सम्झीए।

३. करिश्मा मानन्धर/कोपिला 

यसैगरि कुनै बेलाकी निकै चर्चित सदाबहार नायिका करिश्मा मानन्धरले सम्पूर्ण ममतामयी आमाहरुलाई नमन भन्दै आफ्नी आमा र छोरीसँगका तस्विरहरु फेसबुकमा पोस्ट गरेकी छन्।

जहाँ करिश्माले आफ्नीलाई उपहारहरु दिंदै गरेको र उनकी छोरी कोपिलाले पनि उनलाई उपहार दिंदै गरेको तस्विर देख्न सकिन्छ।

४. रेखा थापा :

त्यस्तै चर्चित अभिनेत्री रेखा थापाले पनि मातातिर्थ औसीको दिन आफ्नी आमालाई स्मरण गर्दै फेसबुकमा आफ्नी आमासँग खिचिएका केहि तस्विरहरु पोस्ट गरिन्।

उनले उक्त तस्विरहरुको माथी क्याप्सनमा ‘ह्यापी मदरर्स डे’ लेखेर आफ्नी आमालाई सम्झीइन्।

५. दिपकराज गिरी

त्यसैगरी सामाजिक सञ्जाल निकै सक्रिय रहने हाँस्य कलाकार दिपकराज गिरीले पनि आज आफ्नी आमालाई स्मरण गर्दै फेसबुकमा एउटा मार्मिक स्टाटस लेखे।

उनी लेख्छन्, ‘पत्नीसँग बाईक चढी भेट्न गईयो सासू, आफ्नी आमाको हेक्कै भएन आँखाभरी आँशु । सबैका आमा आमा हुन्, सबै आमाहरुलाई प्रणाम!’

सानै छँदा आफ्नी आमा गुमाएका दिपकराज गिरीले मातातिर्थ औंशीको दिन आज आफ्नी श्रीमतीसँग सासू आमालाई भेट्न गएको तर आफ्नी आमा कस्ती हुनु हुन्थ्यो भन्ने सम्म पनि हेक्का आफुलाई नभएको भन्दै दुख व्यक्त गरेका छन्।  उनले पुन थप्छन्, सबैका आमा आमा हुन्, सबै आमाहरुलाई प्रणाम!’

दिपकको उक्त भावुक स्टाटसको तल दीपकलाई सान्त्वना दिंदै उनको निकै नजिककी साथी मानिने हाँस्य कलाकार एवं चर्चित निर्देशक दिपाश्री निरौलाले कमेन्ट गर्दै लेख्छन्, तिम्रो आमाको फोटो मनमा छ मेरो आमाको फोटो भित्तामा छ तर दुवै आमाहरुको आशिर्वाद छ।

६. दिपाश्री निरौला:

हाँस्य कलाकार एवं पछिल्लो समयकी चर्चित निर्देशक दिपाश्री निरौलाले पनि आफ्नी आमाको तस्विर फेसबुकमा पोस्ट गर्दै सँगै आफ्नो परिवारको सामुहिक तस्विर पनि समावेश गरेर आफ्नी आमालाई सम्झिएकी छन्।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१७:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पोर्चुगलको राजधानीमा घन्कियो नेपाली गान