यी डिजाइनरले मोडललाई पाइन्ट खोल्न समस्या भए मोडलिङ हैन मन्दिर जानुस भनेपछि…

Leaderboard Banner

एजेन्सी, फेमस डिजाइनर कार्ल लजेरफेल्डले एक विवादित बयान दिएर धमाका  मच्चाएका छन् । उनले भने कि यदि मोडलहरुलाई पाइन्ट खोल्न समस्या हुन्छ भने उनीहरु यस क्षेत्रमा नआउँदा हुन्छ । यो कुरा उनले एक अन्तर्वार्तामा भनेका थिए। वास्तवमा उनी मी टू कम्पनीबाट दुखित भएर यस्तो कुरा भनेका हुन् । एडेलको तौल देखी लिएर किम कार्दशियनसम्म विवादित टिप्पणीहरुलाई लिएर चर्चामा रहने यस डिजाइनरले भने कि उनी #MeToo आन्दोलनबाट अहिले  दिक्दार भएका थिए  । साथै उनले युवा मोडलहरुलाई  यौन उत्पीड़नबाट बचाउनको लागी नयाँ नियमको आलोचना पनि गरेका छन् । उनले युवा मोडलहरुको  सुरक्षामा अपनाइएको उपायलाई गलत बताएका छन् ।

यो नियम फोटो स्टूडियोंमा फोटो सेशनलाई लिएर बनाईएको थियो । एक मोडलले भनिन् कि ” मैले  पढेको छु कि पोज दिनु भन्दा पहिले मोडलसँग सोध्नु पर्दछ कि उनी सहज महसूस गर्दै छ या छैन ।” कार्लले यस कुरालाई पनि नकार्दै शुटिङको समयमा  बिना मन्जुरी एक मोडलको अन्डरवेयरको तस्विर लिने कार्ल टेम्पलरलाई  उद्दार  गरिरहेका छन् । मोडलको अन्डरवेयरको तस्विर खिचेको  घटना फेब्रुअरीमा आएको थियो । यस कुरामा कार्लले मोडलसँग कुरा गर्दै भने कि यदि तपाइलाई  पाइन्टको खोल्न समस्या हुन्छ भने तपाई मोडलिङमा नआउनुहोस् । तपाईको लागि मन्दिर नै ठिक हुन्छ।”

 

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१८:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आफ्नो ज्यान हत्केलामा राखी यसरी बचाएका थिए अक्षय कुमारले ऐश्वर्या रायलाई