बलिउड अभिनेत्री सोनम कपूरको विवाह हुने पक्का भएको छ । उनको विवाहको मिती समेत तय भइसकेको छ । उनको विवाह आनन्द आहुजा सँग चाँडै नै हुने पक्का भएको हो । लामो समयदेखि विवाहको चर्चा चलेपनि उनिहरुको अहिलेसम्म मिति भने तय हुन सकेको थिएन।
जानकारिमा उल्लेख भए बमेजिम सोनम र आनन्दको विवाह भारतको मुम्बईमा मे ६ र ७ तारीखमा हुने पक्का भएको हो । विवाहपछि यस जोडीले नयाँ दिल्लीमा एक विशाल भोजको आयोजना गर्ने समेत उल्लेख भएको छ ।
केही दिनअघिसम्म यस जोडीको विवाह स्विटजरल्याण्डमा हुने बताइता पनि मुम्बईमै हुने पक्का भएको हो । सोनमको परिवार यतिबेला जटिलताका साथ विवाहको तयारीमा लागेको छ ।
उनिहरुको विवाहका लागि बलिउड स्टारहरु दिपिका पादुकोण, करिना कपुर, रणवीर कपुर लगायतका कलाकारहरुलाई निमन्त्रणा पठाईसकेको र अन्य कलाकारलाई पनि पठाइदै गरेको बताईएको छ। एजेन्सी