युद्धमा पाकिस्तानले कश्मीरको बदलामा मागेको थियो यस अभिनेत्री, भारतमा मच्चिएको थियो खलबली

Leaderboard Banner
डेब्यू
भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेत्री माधुरी दीक्षित धक-धक गर्लले बलिउडमा आफ्नो करियरको सुरुवात सन् १९८४ मा फिल्म ‘अबोध’ बाट गरेकी थिईन । यस फिल्म पछि माधुरीले धेरै फिल्महरुमा काम गरिन र ती अधिकांस फिल्महरु हिट पनि भए ।
पाकिस्तानको पागलपन
माधुरीको लागि ९० को दशक अत्यन्तै खास थियो । उनको फ्यानहरु भारतमा मात्र हैन छिमेकी मुलुक यानी पाकिस्तानमा पनि प्रशस्तै थिए र आज पनि छन् । जसको सबैभन्दा ठुलो प्रमाण यो थियो कि तत्कालीन भारत-पाकिस्तानको युद्दको समयमा पाकिस्तानले कश्मीरको सट्टा माधुरी मागेको थियो ।
खलबली
पाकिस्तानले भनेको त्यो कुरा एक कान दुई कान मैदान हुदैं जङ्गलमा लागेको आगो सरह तीव्र गतिमा भारत देश भरी फैलिएको थियो । त्यस खबरले पूरा भारतमा खलबली मच्चाएको थियो । अन्त्यमा त्यो कुरा पाकिस्तानको माधुरीको फ्यानले भनेको खुलासा भएको थियो ।
सार्वजनिक बिदा
भारतमा पनि माधुरी दीक्षितको फ्यानहरुको कुनै कमी थिएन । भारतमै उनको एक फ्यानले उनको जन्मदिनको अवसरमा देशभर सार्वजनिक बिदा घोषित गर्न सरकारसँग माग राखेको थियो ।
डाक्टर बन्ने चाह
बलिउडकी धक-धक गर्ल माधुरी दीक्षित बाल्यकालमा अभिनेत्री नभई डाक्टर बन्ने सपना देख्ने गर्थिन् । जुन समय बित्दै जादाँ पूरा हुन् सकेन । तर माधुरी दीक्षितले आफ्नो जीवनसाथीको रुपमा डाक्टर श्रीराम नेनेलाई नै मन पराइन र विवाह पनि गरिन् ।
दुई छोरा
माधुरी दीक्षितले विवाह पछि अमेरिकाको अलावा भारतमा पनि बराबर समय बिताइन । यस्तोमा धेरै मानिसहरु मात्र जानकार होलान् कि उनको दुई छोराहरु छन् । उनीहरुको नाम हो रयान नेने र अरिन नेने ।

(एजेन्सी)

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१६:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

फेसन ब्राण्ड ‘क्याप्सुल ९’ र ‘दी भ्वाइस अफ नेपाल’ विच यस्तो सम्झौता