पुर्णिमा हत्या प्रकरण: लिभिङ टुगेदरमा रहेका ‘प्रेमी’ले मारेको पुष्टि, भेटियो रगत लागेको पाईन्ट

Leaderboard Banner

काठमाडौं । टोखा ७ स्थित धापासी हाइट जाने बाटोमा मृत अवस्थामा भेटिएकी महिलालाई आफ्नै ‘प्रेमी’ले हत्या गरेको पुष्टि भएको छ । प्रेमिका हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरि हिरासदमा लिएको छ ।

हिजो (आइतबार) राति साढे ८ बजेतिर धापासी हाइटको करिडोरमा गोर्खा घर भएकी ३३ वर्षीय पुर्णिमा विक टाउकोमा चोट लागेर रगताम्मे भएको अवस्थामा भेटिएकी थिइन्। मिस्त्री काम गर्ने मृतक विक आफ्ना श्रीमान्ले छोडेपछि पर्सा ठोरी घर भई हाल धापासी बस्ने विजय तामाङसँग लिभिङ टुगेदरमा बस्दै आएकी थिइन् । यी दुवैले मिस्त्री काम गर्ने क्रममा पहिलो पटक हात्ति गौंडामा भेट भएपछि नजिकिए र सात महिनादेखि धापासी हाइटमासँगै बस्दै आएको थिए ।

बिकले अत्यधिक रक्सी खाने  र  बेलाबेला कोठामा नजाने गरेका कारण पछिल्लो समय आफुहरुबीच केहि विवाद हुने गरेको हत्या आरोपित तामाङले प्रहरीलाई बयान दिने क्रममा बताएका छन्। हत्या भएको दिन आइतबार पनि कोठामा जान आफुले गरेको आग्रह प्रेमिका बिकले अस्वीकार गरेपछि ढुंगाले हानेको उनले स्वीकार गरेका छन् । तर, रिसको झोकमा ढुंगाले प्रेमिकालाई हानेर बाटोमै छोडेर घरतिर लागेको र सोमबार बिहान पहारीले पक्राउ गर्न आफ्नो कोठामै आएपछि मात्र आफुले पुर्णिमाको मृत्यु भएको जानकारी पाएको विजयले प्रहरीलाई बताएका छन्।

उनले पुणिर्मा बेलाबेलामा कोठा जान नमान्ने हुँदा त्यसदिन पनि उनलाई त्यहिँ छोडेर आफु कोठातिर गएको र भात पकाएर खाईवरी सुतेको पनि बयानका क्रममा बताएका छन्। प्रहरीले उनको कोठाबाट रगत लागेको पाइन्ट समेत फेला परेको छ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१५:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति