गायक सिग्देलको स्वरमा ‘आजै मर्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडीयो)

Leaderboard Banner

काठमाडौं । गायक राज सिग्देलको स्वरको ‘आजै मर्छु’ बोलको गीत सार्वजनिक भएको छ । नयाँ वर्ष २०७५ को अवसर पारेर युट्युबमार्फत उक्त गीतको सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल, चिरन्जिवी अधिकारी र महेश खड्काको अभिनय देख्न सकिन्छ । मायाँ, प्रेम र विछोडको वेदना समेटिएको उक्त गीतमा सलिना पोख्रेलको शब्द तथा दिपकराज विश्वकर्माले संगीत भरेका छन् । ‘सलिनाजीले गजलको स्वरुपमा गीत लेख्नु भएको छ र सोहिअनुरुप नै मैले पनि संगीत गरेको हुँ।,’ विश्वकर्माले भने ‘राजजीले पनि गायनमा न्याय गर्नु भएकोले गीत धेरै श्रोताहरुले मन पराईदिनेमा विश्वस्त रहेको उनले बताएका छन् ।
आइतबार सार्वजनिक भिडियोमा प्रकाश धितालको निर्देशन गरेका छन् ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१४:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बलिउड अभिनेत्रि सोनम कपुरको विबाह मिती तय, को सँग हुदै छ त उनको विवाह (पुरा जान्नुहोस्)