मानसिक अस्पतालकाे दुर्दशाः र्इमेरजेन्सीमा नै डक्टर छैनन् (भिडियाे रिपाेर्ट)

Leaderboard Banner

काठमाडाै । ललितपुरकाे लगनखेलमा रहेकाे नेपालकै एकमात्र सरकारी  मानसिक अस्पताल, जसमा  इमेरजेन्सीमा नै  डक्टर नभएकाे पाइएकाे छ ।

 करीब ५० शैय्या क्षमता भएकाे मानसिक अस्पतालमा दैनिक बिरामीकाे चाप हुने भएपनि अाकस्मिक कक्षमा  डक्टर भने छैनन । अस्पतालमा कार्यरत एक कर्मचारीका अनुसार  दरबन्दि भएपनि अाकस्मिक उपचार कक्षमा डक्टर नभएकाे बताएका हुन । उनी भन्छन, रातीकाे समयमा दुइटा अहेबले अाकस्मिक सेवा दिन्छन , यदी विरामीकाे अवस्था एकदम कमजाेर भएमा नजिकैकाे पाटन अस्पतालमा रिफर गरीन्छ नत्र भाेलीपल्ट सम्म कुर्नुपर्छ ।

देशकै एकमात्रै सरकारी अस्पतालकाे यस्ताे दुर्दशाका कारण दैनिक अाउने विरामी भने मर्कामा पर्ने गरेका छन । मानसिक अस्पतालमा ५० शैय्याकाे क्षमता भएपनि  दैनिक १५० भन्दा बढी विरामी अाउने गरेकाेले अस्पतालमा बेड पाउन नै मुस्किल हुने विरामीका अाफन्तकाे गुनासाे छ । अस्पतालमा बिरामी भर्ना गर्न दुर्इ तिन दिन पालाे कुर्नुपर्ने  हुन्छ ।

स्वास्थ्यले निकालेकाे एक तथ्यांकका अनुसार अहिले नेपालमा कुल जनसंङख्यामा सामान्य मनाेराेग अर्थात मानसिक समस्या भएका १५ प्रतिशत र  कडा खाल मानसिक समस्याबाट  १ प्रतिशत मानिस पिडित छन । तर सरकारी अस्पतालमा पर्याप्त सुविधा नहुँदा बिरामीहरूले सेवा लिन भने सकिरहेका छन ।

अस्पतालका एक कर्मचारी भन्छन,  अस्पतालले लामाे सुमयदेखि जग्गा लिन खाेजेपनि जग्गा उपलब्ध हुन सकेकाे छैन , शान्त ठाँउमा अस्पताल निर्माण गर्ने र मानसिक स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारी गरेकाे छ ।  तर सरकारले ध्यान नै दिदैन ।

 

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१४:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पुर्णिमा हत्या प्रकरण: लिभिङ टुगेदरमा रहेका ‘प्रेमी’ले मारेको पुष्टि, भेटियो रगत लागेको पाईन्ट