नायिका बर्षाको रोल पुर्व मिस नेपाल निकाताको हातमा

Leaderboard Banner

काठमाडौं । चलचित्र ‘रानीमहल’बाट नायिका बर्षा शिवाकोटीले हात झिके लगतै २०१७ की मिस नेपाल निकिता चन्दक उक्त चलचित्रमा अनुबन्धित भएकी छन् । यसअघि उक्त फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी फाइनल भएपनि अन्तिम समयमा हात झिके पछि निकिता अनुबन्धित भएकी हुन् ।

आफ्नो कार्यकाल सकिए लगतै निकिता अनुबन्धित भएकी जनाइएको छ । निर्माण युनिटका अनुसार केहि समयमानै उनले वर्कशप ज्वाइन गर्ने छन् । हिमाल न्यौपानेको निर्देशनमा तयार हुने फिल्ममा आशिष अधिकारीले अभिनयमा डेब्यू गर्दैछन् ।

फिल्ममा नीर शाह, रश्मी भट्ट, बिएस राना, साहिल श्रेष्ठ, मानस्वी खरेल लिड रोलमा रहने बताइएको छ । यसअघि कलाकार प्रसान्त ताम्राकार पनि चलचित्रमा अभिनय गर्ने भनिएकोमा उनले पनि चलचित्रबाट हात झिकेका थिए उनकै साथमा नायिका वर्षाले पनि हात झिकिन, अब कतै निकीताले त हात झिक्ने होइनन् यो भने हेर्न बाँकी नै छ ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१३:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गायक सिग्देलको स्वरमा ‘आजै मर्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडीयो)