अधिनायकवाद शुरु भइसक्योः सभापति देउवा

Leaderboard Banner

चितवन ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन ।

भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै देउवाले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताएका हुन । देउवाले भने, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” अर्काे प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, “अब विकास गर्छन्, अधिनायकवादको ।” सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उहाँले काम हेर्ने बताउनुभयो । “शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” उहाँले व्यङ्ग्य गर्दै भन्नुभयो, “कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।”

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उहाँले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताउनुभयो । उहाँले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताउनुभयो ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१३:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेवार बस्तीमा पुगेर किन यसरी ‘छमछम नाचे’ गायक धिरज राई (भिडियोसहित )