रबि लामिछानेको ‘लंगेष्ट टेलिभिजन म्याराथुन टक शो’ रेकर्ड सुजन आचार्यले तोड्ने

Leaderboard Banner

काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले राखेको सर्वाधिक लामो अन्तरवार्ता लिने विश्व कीर्तिमानी सुजन आचार्यले तोड्ने भएका छन्।

दक्षिण एसियाकै कान्छा पत्रकार भनेर चिनिने सुचनले लामिछानेको उक्त कीर्तिमानी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफुले तोड्ने दावी गरेका छन्।  विश्व टेेलिभिजन प्रसारणकै इतिहासमा सबैभन्दा लामो ‘लंगेष्ट टेलिभिजन म्याराथुन टक शो’ गरी कीर्तिमान राख्ने घोषणा सुजन आचार्य करिव एक वर्ष अगाडि गरेका थिए।

रमाइलो टेलिभिजन मार्फत लगातार प्रत्यक्ष प्रसारण गरेर यो कार्यक्रम सम्पन्न गरिने सुजनले बताएका छन्  । उनले उक्त कार्यक्रम वैशाख २९ गते विहान ८ बजेदेखि उनले अन्तवार्ता लिन सुरु गर्ने छन् । काठमाडौँको नयाँ बानेश्वरमा रहेको रमाइलो टेलिभिजनबाट उनको अन्तरवार्ता प्रशारण हुनेछ ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१३:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अधिनायकवाद शुरु भइसक्योः सभापति देउवा