दशकिल्लामा बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना: २ को मृत्यु, २० घाईते

Leaderboard Banner
सांकेतिक तस्विर

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका ७ को दशकिल्ला भन्ने ठाउँमा बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने २० यात्रु घाइते भएका छन् ।

आइतबार राति करिव सवा १० बजे ना ५ ख २४६७ नम्बरको बस र ना ६ ख ६५११ नम्बरको ट्रक आपसमा ठोकिंदा २ जनाको मृत्यु भएको हो । त्यसैगरी दुर्घटनामा दुवै सवारी साधनमा सवार २० जना यात्रु घाइते भएको प्रहरीले बताएको छ । दुर्घटनामा पनि ज्यान गुमाउनेहरुमा ट्रक चालक ललितपुरको सातदोबाटो बस्ने २५ वर्षीय मनोज खड्की र बसमा सवार यात्रु रौतहटको गौर नगरपालिका ५ की १६ वर्षीया आयुष्मा भट्टराई रहेका छन् । ट्रक चालक खड्कीको उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटो मै मृत्यु भएको थियो भने भट्टराईको गणेशमान मेमोरियल अस्पताल ललितपुरमा मृत्यु भएको धादिङ प्रहरीले बतायो ।

उक्त दुर्घटनामा परि घाइते भएका मध्ये ७ जना घाईतेहरुको महादेवदेवी पोली क्लिनिक धादिङमा उपचार भइरहेको  र अन्य घाइतेहरूको भने काठमाडौं र ललितपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको बताईएको छ  ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१२:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विद्यार्थी संगठनको बैठकःशुल्कवृद्धिको विरोधमा सरकारलार्इ ७२ घण्टे अल्टिमेटम दिने निर्णय