विद्यार्थी संगठनको बैठकःशुल्कवृद्धिको विरोधमा सरकारलार्इ ७२ घण्टे अल्टिमेटम दिने निर्णय

Leaderboard Banner

काठमाडाै । निजी विद्यालयले गरेको शुल्कवृद्धिको विरोधमा विद्यार्थी संगठनले भोली प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७२ घन्टे अल्टिमेटम दिने भएका छन्।
नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उक्त निर्णय गरेको  हाे ।

विद्यार्थीहरुले नीजि विद्यालयले मनोमानी रुपमा सहमतिविपरित शुल्क बृद्धि गर्दा पनि सरकार मौन रहेकोमा आपत्ति समेत जनाएका छन् । विद्यार्थीहरुले बढेको शुल्क तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । बैठकले वैशाख ४ गते प्रधानमन्त्रीलाई शुल्क निर्धारण निर्देशिका कार्यान्वयनका लागि ७२ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र बुझाउने, ५ गते ११ बजे पद्मोदय स्कुलमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय गरेको छ

बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ लगाएत सहभागी थिए ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१२:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चिनीमा युरिया मल भेटियो: प्रशासनद्वारा कारबाही शुरु…